कोरोनाका कारण मनाइएन ११० औं अन्तराष्ट्रिय नारी दिवस « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

कोरोनाका कारण मनाइएन ११० औं अन्तराष्ट्रिय नारी दिवस



काठमाडौं । मार्च ८ तारीक आज ११० औं अन्तराष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । चिनबाट फैलिएको कोरोना भाइरसको कारण नारी दिवसपनि प्रभावित बनेको हो । नेपालमा पनि खुल्ला सिमानाको कारण विश्व स्वस्थ्य संगठनले उच्च जोखिममा राखेकाले त्रासको कारण नारी दिवस सरकारी तवरबाट खासै मनाइएको छैन ।

सरकारले नारी दिवस देशैभर विभिन्न कार्यक्रम गर्दै मनाउने गरेपनि सामान्य शुभकामना दिने लिनेबाहेक अन्य केही कार्यएक्रम आयोजना गरीएको छैन । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले विगतमा गर्दै आएको कार्यक्रमहरु कोरोना कारण स्थगित गरेको छ ।

महिला मुक्ती आन्दोलनका अगुवा क्लारा जेट्कीनले सन १९११ मा महिला माथी भएको शोषण विरुद्ध आवाज उठाएको दिन हो आज । यसको सम्झानामा विश्वभरका महिलाहरुले नारी दिवशलाई विषेस दिनको रुपमा लिने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्