प्रधानमन्त्री ओली हिड्न थाले, भाञ्जीको स्वास्थ्यमा उल्लेख्य सुधार « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

प्रधानमन्त्री ओली हिड्न थाले, भाञ्जीको स्वास्थ्यमा उल्लेख्य सुधार



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । मिर्गाैला प्रत्यारोपणको पाँचौ दिन आइतबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण अस्पतालले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको हो ।

आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । सँगै प्रधानमन्त्रीकी मिर्गाैला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्