अर्थमन्त्रीले भने मेरो कारण सेयर बजार प्रभावित भएको होईन « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

अर्थमन्त्रीले भने मेरो कारण सेयर बजार प्रभावित भएको होईन



काठमाडौं । सेयर बजारप्रति अनुदार बनेको आरोप खेलिरहेकै बेला मन्त्री पद सम्हालेको २ वर्षपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मुख कोलेका छन । सेयर बजारमा आएको गिरावटलाई अर्थमन्त्रीको कारण देखाउँदै लगानीकर्ताहरु रुष्ट बनिरहेको बेलामा मन्त्री खतिवडाले आफ्नो कुनै प्रभाव नपारेको बताएका छन ।

राष्ट्र बैंकको गभर्नर भएका वेलामा अर्थतन्त्रमा सुधार गरेर चर्चामा आएका उनी अर्थमन्त्री हुँदा अर्थतन्त्रमा सुधार गर्न नसकेको आरोप लागेको छ । उनी अर्थमन्त्री हुँदा सेयर बजारमा नकारात्मक बनेको ओरोप लाग्ने गरेको छ । मन्त्री खतिवडाले बजार आफ्नो कारणले नघटेको बताएका छन ।

उनले अर्थतन्त्रलाई सुधार गर्नेगरी ल्याएको विधेयकका कारण पनि सेयर कारोवार कमी आएको भन्ने समाचार पनि आउने गरेको बताएका छन । उनले बैंकहरुलाई अझै व्यवस्थित शुसाशनमा राख्न र पव्लिकको डिपोजिटको हितमा विधेयक ल्याएको बताएका छन ।

उनी अर्थ मन्त्रीबाट हट्ने भन्ने चर्चाले सेयर बजारमा एकाएक हरियाली छाएको थियो तर उनले दोस्रोपटक सपथ ग्रहण लिनेवित्तीकै सेयर बजारमा राताम्य बनेको थियो जुन आजसम्म पनि बजार घटिरहेकै छ ।

अर्थमन्त्री डा. खतिवडाले व्यक्ति विशेषका कारण सेयर बजार प्रभावित नहुने बताएका छन । प्रतिनिधीसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उनले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार नराख्ने स्पष्ट पारेका छन । उनले सेयर बजारमा आएको पछिल्लो गिरावट कोरोनाको संत्रासले रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्