आजदेखी कामु गभर्नरको बागडोर सम्हाल्दै शिवाकोटी, भोली गर्भनर शिफारिस कमिटि बन्ने « Arthapath.com
५ चैत्र २०७६, बुधबार

आजदेखी कामु गभर्नरको बागडोर सम्हाल्दै शिवाकोटी, भोली गर्भनर शिफारिस कमिटि बन्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गर्भनरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई दिइएको छ । भावी गभर्नरको दौडमा रहेका शिवाकोटीलाई यसअघिका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल हिजो चैत्र ४ गते सकिएपछि कामूको जिम्मेवारी पाएका हुन । हिजो मंगलबार कामु गभर्नरको जिम्मेवारी सम्हाल्नेगरी अर्थ मन्त्रालयबाट पत्र राष्ट्र बैंक आइसकेको छ ।

सरकारले गभर्नरको कार्यकाल सकिनु १ महिना अघिनै नयाँ गभर्नर नियुक्ती गरिसक्नुपर्ने प्रावधान रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यरोपणको कारण रोकिएको थियो ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिष्चार्ज भएर पार्टीकाममा फर्किसकेकाले आगामी मन्त्रीपरिषद बैंठकले गभर्नर सिफारिस कमिटि बनाउन संभावना रहेको छ । भोली विहिबार मन्त्रीपरिषद बैठक बस्ने र गभर्नर सिफारिस कमिटि पनि बन्ने संभावना छ ।

गर्भनर पदका प्रवल दाबेदारमा शिवाकोटीको साथै राष्ट्र बैंककै पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डको सिईओ महाप्रसाद अधिकारी र पुर्व अर्थ सचिव राजन खनाल लागिपरेका छन । अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर गरेका सिवाकोटी प्रधानमन्त्री निकट मानिन्छन् ।

त्यस्तै हाफु गभर्नर हुँदा ठुलो सहयोग पुर्यएका महाप्रसाद अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडाको रोजाइमा परेको बताइन्छ । अधिकारीलाई शितल निवास र वर्तमान अर्थमन्त्री साथ रहने देखिन्छ ।


त्यस्तै अर्थ मन्त्रालयमा आफ्नो अनुसरण गर्ने र अह्राएको काम मात्रै गर्ने पुर्व अर्थ सचिव राजन खनाललाई प्रधानमन्त्री तथा अर्थमन्त्री दुबैंको साथ रहेको अर्थमन्त्रालय निकट स्रोतले बताएको छ । खनाल मन्त्रालयको तर्फबाट राष्ट्र बैंकको संचालक समेत भैसकेका व्यक्ति हुन ।


प्रतिक्रिया दिनुहोस्