एसईई परीक्षा स्थगित « Arthapath.com
५ चैत्र २०७६, बुधबार

एसईई परीक्षा स्थगित



काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । बुधवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्