सरकारले गर्यो लकडाउन, अत्यआवश्यक बाहेक घर बाहिर निश्कन नपाइने « Arthapath.com
१० चैत्र २०७६, सोमबार

सरकारले गर्यो लकडाउन, अत्यआवश्यक बाहेक घर बाहिर निश्कन नपाइने



काठमाडौं । अन्तत सरकारले लकडाउन गरेको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैंठकले १ साता अत्यआवश्यक बाहेक सर्वसाधारणलाई बाहिर ननिष्कन सरकारले आग्रह गरेको छ ।

सरकारले भोलि बिहान ६ बजेबाट सबै सवारीसाधन बन्द गरेको छ । साथै अत्यआवश्यक बाहेक कशैलाई बाहिर ननिस्कन आग्रह गरेको छ । देश लगभग कर्फ्यूको अवस्थामा पुगेको छ । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । सरकारले १ सातासम्म कुनैपनि सवारी नचल्ने बताएको छ ।

सोमबार १ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गरेको हो । कोरोना फैलन नदिन सरकारले उच्च सतकर्ता अपनाउन भन्दै देश लकडाउन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्