कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना



काठमाडौँ, (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।
सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिनुभयो । मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकारसम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।
मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ । त्यस्तै फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा. कार्कीले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एपसमेत बनाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्