कोरोनाबाट तेस्रो व्यक्ति संक्रमित भएको पुष्टि « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

कोरोनाबाट तेस्रो व्यक्ति संक्रमित भएको पुष्टि



काठमाडौं । नेपालमा कोरोनाबाट तेस्रो व्यक्ति संक्रमित भएको पुष्टि भएको छ। उनी खाडी मुलुकबाट हालसालै नेपाल फर्किएको बुझिएको छ। 

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन्। उनले भनिन्, ‘टेकु अस्पतालको आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।’

अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। एकजना यसअघि नै उपचार गरेर निको भइसकेका छन्। तीन दिनअघि फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीको टेकु अस्पतालमै उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। नेपाल लाइभ


प्रतिक्रिया दिनुहोस्