लकडाउन उल्लङ्घन गर्ने ८० सवारी नियन्त्रणमा « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

लकडाउन उल्लङ्घन गर्ने ८० सवारी नियन्त्रणमा



दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अधिकारीले भन्नुभयो, “जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।” अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्