प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मटुको धटकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले सो आफ्नो फेसबुक मार्फत सो कुराको जानकारी दिनु भएको हो । अहिले उहाँको स्वास्थ्य अबस्था समान्य रहेको र उहाँलाई आजै डिस्र्चाज गरिने उहाँको उपचारमा संलग्न डा.दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत जानकारी गराउनु भएको छ
उहाँ स्वास्थ्य अबस्था अहिले समान्य रहेको बताइएको छ । उहाँको फागुन २१ गते पहिले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस पछि प्रधानमन्त्री कही दिन अघि मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्