आपूर्ति सहज बन्दै « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

आपूर्ति सहज बन्दै



काठमाडौँ। सरकारले देशमा लकडाउन गरे पनि दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्न पसल खुल्ला राख्न भनेको छ तर व्यापारीले भने ग्राहक नभएको भन्दै खुला राखेका छैनन् । सरकारी मातहतमा रहेको साल्ट टे«डिङ कर्पोरेसनले समेत आफ्नो बिक्री केन्द्र बिहीबार २ बजे नै बन्द ग¥यो ।
कर्पाेरेसनका प्रवक्ता ब्रजेश झाले पसलमा ग्राहक नै नआएपछि दिनभरि खोल्नुको अर्थ नरहेको बताउनुभयो । सडकमा मान्छे हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्ने ? यस विषयमा स्पष्ट नभएसम्म पसल मात्रै खोलेर अर्थ नहुने उहाँको भनाइ छ । शुक्रबार बिक्री केन्द्र के कसरी खोल्नेबारे निश्चित भएको छैन, उहाँले थप्नुभयो, यस विषयमा सरकारबाट कुनै निर्देशन आउला अनि त्यही अनुसार अगाडि बढ्छौँ ।

खाद्यान्न
सरकारले मुलुकभर लकडाउन गरेपछि खाद्यान्न तरकारी तथा फलफूलको विवरण न्यून भए पनि नियमित भइरहेको छ । काठमाडौँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा न्यून तर नियमित रूपमा तरकारी आइरहेको छ भने उपत्यकाको खाद्यान्न विवरण पनि नियमित भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले तरकारी आपूर्ति न्यून रूपमा भए पनि आइरहेको जानकारी दिनुभयो । पौडेलका अनुसार कालीमाटी तरकारी बजार बिहानको समयमा खुल्ने गरेको छ । बुधबार र बिहीबार बिहान ८ बजेसम्म मात्रै तरकारी बजार खुला भएको थियो । शुक्रबारदेखि भने सर्वसाधारणका लागि राति २ बजेदेखि बिहान ७ः ०० बजेसम्म मात्रै खुला गर्ने भएको छ ।
उहाँले बजारमा अन्य समयको जति परिणामको तरकारी बजारमा नभित्रिए पनि तरकारी आउन नरोकिएको बताउँदै आएको तरकारीलाई व्यवस्थित तरिकाबाट बिक्री वितरणको व्यवस्था गरिएको जानकरी दिनुभयो ।
सरकारले देशकै ठूलो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार बिहीबारदेखि उपत्यकाबाहिरबाट बजारमा भित्रिने तरकारी भने जुनसुकै बेला आउन सक्नेछ । सरकारले बिहीबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक पौडेलले कालीमाटी बजार थोक बजार भएकाले २ः०० बजेदेखि ७ बजेसम्म पर्याप्त हुने बताउनुभयो ।
समितिका अनुसार बिहीबार ३७० मेट्रिक टन तरकारी भित्रिएको छ भने बुधबार ४०० मेट्रिकटनको हाराहारीमा तरकारी आएको थियो । बजारमा तरकारी कम आए पनि मूल्य भने सामान्य रहेको समितिका कार्यकारी निर्देशक पौडेले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्