निजामती कर्मचारीको सात दिनको तलब कोरोना कोषमा « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

निजामती कर्मचारीको सात दिनको तलब कोरोना कोषमा



काठमाडौ । राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलव वरावरको तलव कोषमा जम्मा गर्ने भएका छन् ।

गत आइतवारबसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । सो रकम सरकारले बनाएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गर्न सरकारले निर्णय गरेको छ ।
सोही निर्णय अनुसार मुख्य सचिवल लोकदर्शन रेग्मीले कर्मचारीहरुले रकम जम्मा गर्न निर्देशन दिनु भएको हो ।


प्रतिक्रिया दिनुहोस्