कोरोना सङ्क्रमितको आग्रह  मेरो ख्याल गरियोस् « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

कोरोना सङ्क्रमितको आग्रह  मेरो ख्याल गरियोस्



धनगढी । शुक्रबार कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गर्नुभएको छ ।
शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध गर्नुभएको छ ।  औषधि के खाने हो, त्यो पनि दिनुप¥यो र खानेकुरा के गर्ने, तातोपानी तताउन हिटर र थर्मस त मैले घरबाटै ल्याएको छु, उहाँले भन्नुभयो ।
उहाँ चैत ११ गते सेती प्रादेशिक अस्पताल आउनुभएको थियो । दुवईबाट आएको भनेपछि उहाँलाई अस्पतालमै राखिएको थियो । उहाँमा सुरुमा ज्वरो ९७ डिग्री मात्रै भए पनि सामान्य खोकी लागेको छ । अस्पतालले शुक्रबार नै एक विज्ञप्ति जारी गरेर बिरामीको अवस्था सामान्य रहेको बताएको थियो ।
चैत ७ गते शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई)को दुवईबाट इमिरेट एयरलाइन्समा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि बिस्तरा एयरलाइन्सबाट दिउँसो साढे चार बजे काठमाडौँ आएको उत्रिएको उहाँले जानकारी दिनुभएको छ । त्यो दिन काठमाडौँमै मामाघरमा बसेर चैत ८ गते नेपालगञ्जसम्म बुद्ध एयरमा र त्यसपछि अटोरिक्सामा कोहोलपुर, माइक्रोबसमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको उहाँले बताउनुभयो । सङ्क्रमित युवक चार वर्षदेखि दुवईमा कार्यरत हुनुहुन्थ्यो ।
धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिको परिवारका सबै सदस्यको शनिबार स्वास्थ्य जाँच गरिएको छ ।  शनिबार सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत अस्पताल ल्याएर परिवारका सबै सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो ।  परीक्षणपश्चात उहाँहरूलाई कभर्ड  हलस्थित क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।  उहाँको परिवारमा बुवाआमा, श्रीमती, छोरी, दाजुभाउजूसहित सात जना हुनुहुन्छ । उहाँहरू सबैको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जनाइएको छ ।
गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्