सरकारले ल्यायो प्याकेज, स्कुल फि देखि घरभाडा र इन्टरनेट शुल्कसम्म छुट

काठमाडौं । सरकारले कोभिड १९ का कारण प्रभावित जनतालाई राहात प्याकेज ल्याएको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले जारी लक ठाउनलाई एक साता अथार्त चैत्र २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले एक महिनाको स्कुल फि तिर्नु नपर्ने देखी घरभाडामा समेत छुट दिन संबन्धीत पक्षलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम संचारमन्त्री डा. युवराज खतिवडाले बताए ।
सरकारले विद्युत महसुल र इन्टरनेट शुल्कमासमेत २५ प्रतिसत छुट दिने निर्णय गरेको छ । निजी विद्यालयको मासिक शुल्कमा पनि छुट हुने भएको छ । कोरोनाका कारण सर्वसाधारण जीवनलाई समेत समस्या पर्न थालेपछि सरकारले आइतबार राहत प्याकेज घोषणा गरेको हो ।