विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन सकियो, कुन देशबाट कति फर्किए ? « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन सकियो, कुन देशबाट कति फर्किए ?



काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो । उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आगह गरिएको न्यौपानले जानकारी दिए । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ । भारत पछि दुबई ३४, कतार २४ , अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् । अन्य देशबाट समेत फर्किएका जनाइएको छ । वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्