साल्ट ट्रेडिङको भ्यानले १० प्रतिशत सस्तोमा टोल टोलमा सामान बेच्दै « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

साल्ट ट्रेडिङको भ्यानले १० प्रतिशत सस्तोमा टोल टोलमा सामान बेच्दै



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ ।

कर्पाेरेशनले भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको हो । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि लकडाउनको बेलामा पनि सञ्चालन गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन बजार मूल्य भन्दा सामान १० प्रतिशत सस्तो गरेको सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । उनले भने“नुन प्रतिकिलो २० र चिनी ७३ रुपैयाँ बिक्री गरिएको हो । दाल, गेडागुडी बजारभन्दा कम रहेको छ ।

५ दिनदेखी ललितपुर र काठमाडौंको दुई दर्जन भन्दा बढी स्थानमा पगएर सामाग्रीहरु बिक्री गरिसकेको छ भने हाल दुई वटा भ्यानबाट सेवा दिईरहेको छ । सूचना अधिकारी कुमार राजभण्डारीले भने टोल टोलमा जान्छौ अनि सामाज किन्न आउनुहोस भन्दै बिक्री गरिरहेका छौँ ।


प्रतिक्रिया दिनुहोस्