स्वास्थ्य मन्त्री ढकालविरुद्ध प्रदेश सांसदद्धारा अख्तियारमा उजुरी « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

स्वास्थ्य मन्त्री ढकालविरुद्ध प्रदेश सांसदद्धारा अख्तियारमा उजुरी



काठमाडौं । बागमती प्रदेशका प्रदेश सभा सदस्यले स्वास्थ्य मन्त्रीविरुद्ध उजुरी दिएकान छन । उनले हालै कोरोना विरुद्ध खरिद गरिएका मेडिकल सामग्रीमा अनियमितता गरेको भन्दै विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरेका हुन ।

प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका थिए । यता अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइमा उजुरी आए नआएको हेर्न नभ्याएको बताएका छन ।

उजुरीमा लगाइएका आरोप

तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको, मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको, वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको, यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।


प्रतिक्रिया दिनुहोस्