सरकारले कोरोना उपचारका लागि तोकेका ८५ अस्पताल यस्ता छन् « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

सरकारले कोरोना उपचारका लागि तोकेका ८५ अस्पताल यस्ता छन्



काठमाडौं । सरकारले कोरोना उपचार तथा नियन्त्रण र रोकथाम गर्नको लागि उपत्यका बाहिर पनि दैनिक एक हजार व्यक्तिको परिक्षण गर्न मिल्ने गरि व्यवूथापन गरेको छ । जसका लागि सरकारले देशभरिका सबै अस्पतालहरुमा औषधि, ल्याव, जनशक्ति र स्थान व्यवस्थापन गरिसकेको छ । र आवश्यक सामाग्रीहरु व्यवस्थापन गरिरहेको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल को सूची तोकेको छ । सरकारले केन्द्र, प्रदेश र जिल्लामा रहेका करीब ८५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकिएको हो । केन्द्र र प्रदेशस्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले केन्द्रमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताललाई यसअघि नै विशेष अस्पतालका रुपमा तोकिसकेको छ ।

सरकारले प्रदेश–१ मा मेची र उदयपुर अस्पताल, प्रदेश–२ मा जनकपुर र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोर्खा अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ ।

सरकारले केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय अस्पतालसहित विभिन्न मेडिकल कलेजमा पनि कोरोना उपचारको उपचारको व्यवस्था गरेको छ । जसमा सरकारी र निजी गरी २० मेडिकल कलेज छन ।

यस्तै, प्रदेश–५ मा लुम्बिनी र तमघास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ छ ।

कोरोना उपचार हुने २५ वटा ‘हब’ अस्पताल
प्रदेश १ मा रहेका बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अञ्चल अस्पताल र मेची अञ्चल अस्पताल तोकिएका छन । त्यस्तै प्रदेश २ का गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पतालमा पनि कोरोना उपचार गर्न सकिने भएको छ ।

यता बागमती प्रदेशमा रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्री वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल तोकिएका छन भने गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अञ्चल अस्पताल रहेका छन ।

उता प्रदेश ५ मा भने भेरी प्रादेशिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताललाई कोरोना उपचार गराउने गरि तोकिएका छन । भने कर्णाली प्रदेशका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत रहेका छन । सुदुरपश्चिम प्रदेशमा महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पतालमा कोरोना उपचार गारउन मिल्ने भएको हो ।

त्यस्तै सरकारले कोरोना उपचार गर्नका लागि ६० जिल्ला अस्पतालाई छनोट गरेको छ । सुदूरपश्चिम प्रदेशका आठ जिल्लास्तरीय अस्पताललाई तोकेको छ । अछाम अस्पताल, बैतडी अस्पताल, बझाङ अस्पताल, बाजुरा अस्पताल, डडेल्धुरा अस्पताल, दार्चुला अस्पताल, डोटी अस्पताल र टिकापुर अस्पताल तोकिएका छन ।

यता कर्णाली प्रदेशका आठ जिल्लास्तरीय अस्पतालहरुमध्ये दैलेख अस्पताल, डोल्पा अस्पताल, हुम्ला अस्पताल, जाजरकोट अस्पताल, कालिकोट अस्पताल, मुगु अस्पताल, रुकुम अस्पताल र सल्यान अस्पताललाई तोकिएको छ ।

प्रदेश–५ का नौं जिल्लास्तरीय अस्पतालहरुमध्ये कपिलवस्तु अस्पताल, नवोलपरासी अस्पताल, अर्घाखाँची अस्पताल, गुल्मी अस्पताल, पाल्पा अस्पताल, दाङ अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल र बर्दिया अस्पताल तोकिएका छन ।

प्रदेश–१ का जिल्लास्तरीय १३ अस्पतालहरुमा ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, धनकुटा अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, इलाम अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल, खोटाङ अस्पताल, उदयपुर अस्पताल, झापा अस्पताल र सुनसरी अस्पताल छन भने प्रदेश–२ का पाँच जिल्लास्तरीय अस्पतालहरुमा सिरहा अस्पताल, जलेश्वर अस्पताल, सर्लाही अस्पताल, कलैया अस्पताल र रौतहट अस्पताल तोकिएका छन ।

बागमती प्रदेश र गण्डकी प्रदेशका १० जिल्लास्तरीय अस्पतालहरुमा क्रमशः सिन्धुपाल्चोक अस्पताल, काभ्रे अस्पताल, दोलखा अस्पताल, रामेछाप अस्पताल, सिन्धुली अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, धादिङ अस्पताल, नवलपरासी अस्पताल, त्रिशुली अस्पताल र रसुवा अस्पताल, बागलुङ अस्पताल, गोर्खा अस्पताल, लमजुङ अस्पताल, मनाङ अस्पताल, म्याग्दी अस्पताल, मुस्ताङ अस्पताल, नवलपुर अस्पताल, पर्वत अस्पताल, स्याङजा अस्पताल र तनहुँ अस्पताल तोकिएका छन ।

कोरोना उपचारका लागि तोकिएका २० सरकारी तथा निजी मेडिकल कलेजलाई पनि सरकारले तोकेको छ ।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
बिराट मेडीकल कलेज
चितवन मेडीकल कलेज
कलेज अफ मेडिकल साइन्सेस, चितवन
गण्डकी मेडीकल कलेज, पोखरा
जानकी मेडिकल कलेज
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौं मेडिकल कलेज
किस्ट मेडिकल कलेज
केयु धुलिखेल अस्पताल
लुम्बिनी मेडीकल कलेज
मणिपाल मेडिकल कलेज, पोखरा
नेशनल मेडीकल कजेल, वीरगञ्ज
नेपालगञ्ज मेडीकल कलेज
नोबेल मेडीकल कलेज
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
त्रिवि शिक्षण अस्पताल
युनिभर्सल कलेज अफ मेडिकल साइन्स


प्रतिक्रिया दिनुहोस्