इन्धनको मूल्य ह्वात्तै घट्यो, नयाँ मूल्य कति ? « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

इन्धनको मूल्य ह्वात्तै घट्यो, नयाँ मूल्य कति ?



काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०\१० रुपैयाँ घटेको हो । कोरोनाभाइरसबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

नेपाल आयल निगमको संचालक समितिको बुधवार बसेको बैठकले इन्धनको मूल्यमा १०\१० रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्