कोराना प्रभावः४२ लाख चल्ला नष्ट, मासुको मूल्य बढ्ने « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

कोराना प्रभावः४२ लाख चल्ला नष्ट, मासुको मूल्य बढ्ने



काठमाडौं । कोराना भाईरसले अर्थ व्यवस्थालाईलाई प्रभावित बनाएको छ । यसको प्रत्यक्ष प्रभाव ह्याचरी व्यवसायीहरुलाइए पनि परेको छ । सरकारले लकडाउनको समयावधि थप गरेसंगै अझै यसको प्रभाव बढ्ने अनुमान गरिएकोे छ ।

लकडाउनको समयमा ह्याचरी व्यवसायीहरुले ४२ लाख चल्ला नष्ट गरेका छन । कोरोना भाईरसको त्रासले कुखुरा उत्पादन गर्ने किसानहरुले चल्ला खरिद नगर्दा चल्ला नष्ट गर्नुपरेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।

एकातिर दानको अभाव रहेको छ भने अर्काेतिर दैनिक करिव ३ करोड ४५ लाख ह्याचरी व्यवसायीहरुलाई परेको छ भने कुखुरा व्यवसायहिरुले भने साढे २१ लाख नोक्सान व्यहोर्नु परेको छ ।

यसरी चल्लाहरु नष्ट गर्नु पर्दा कुखुराको मासुको मूल्य बृद्धि हुने अनुमान गरिएको छ । बजारमा कुखुराको लागि आवश्यक पर्ने दाना अभाव रहेको दाना उद्योग सघंका अध्यक्ष रविन पुरीले बताए । यस्तै अवस्था रहिरहने हो भने मासुको मूल्य ५ सय पुग्ने पुरीले बताए ।


प्रतिक्रिया दिनुहोस्