नेपालमा भेटिए छैटौं कोरोनाका बिरामी « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपालमा भेटिए छैटौं कोरोनाका बिरामी



काठमाडौं । नेपालमा छैटौं बिरामीमा कोरोना देखिएको छ। दोहाबाट आएकामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

उनी चैत ४ गतेको कतार एअरको फ्लाइटबाट काठमाडौं आएका थिए। उक्त एअरबाट काठमाडौं आउने दुईजनामा यसअघि नै कोरोना पोजेटिभ देखि‍सकेको छ। उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ।

अहिलेसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ। ४३ जनाको परीक्षणको क्रममा रहेको छ। देशभरिमा १ सय ५ जना आइसोलेसनमा छन्। सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ।

चारवटै केसको कन्ट्र्याक्ट ट्रेसिङको लगभग सकिएको डा देवकोटाले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्