६ सय ८७ रुपैयाँ पर्ने आधा सिलिन्डरलाई ८ सयमा बेचेको भन्दै २ लाख जरिवाना « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

६ सय ८७ रुपैयाँ पर्ने आधा सिलिन्डरलाई ८ सयमा बेचेको भन्दै २ लाख जरिवाना



काठमाडौं । सरकारले २५ गतेसममका लागि लकडाउन जारी राखेको छ । नेपालमा कोरोना संक्रमीतको संख्या ६ पुगेसंगै अझै लकडाउन थप गर्ने वा नगर्ने त्यो सरकारले निर्णय गर्ने छ । तर सरकारले कुनैपनि किसिमको अभाव हुन भने पक्कै पनि दिएको छैन । तर बजारमा अनेक बहाना बनाई ग्यास बिक्रमिा कालो बजारी गर्ने एक जनालाई कारवाही गरेको छ ।

वाणिज्य विभागले ग्यासको कालोबजारी गर्ने काठमाडौंको एक ग्यास स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गराएको छ ।

सरकारले ग्यासको अभाव श्रृजना हुन नदिन आधा सिलिण्डर मात्र बजारमा पठाउने गरेको छ । तर आधा सिलिन्डर ग्यासको मूल्यभन्दा बढि लगेको भन्दै व्यवासायीलाई कारवाही गरेको छ । आधा ग्यास सिलिण्डरलाई ८ सय रुपैयाँमा बिक्री गरिरहेको भन्दै काठमाडौं डल्लुमा रहेको ओम सरस्वती स्टोरलाई २ लाख जरिवाना तिराएको हो । अहिले आधा सिलिन्डर ग्यासको मूल्य ६८७ रुपैयाँ ५० पैसा पर्छ ।

त्यस्तै विभागले बलम्बुस्थित धनपति कोल्ड स्टोरले १४ वटा बिल नभएका सिलिन्डर राखेको भन्दै २० हजार रुपैयाँ जरिवाना तिराएको हो ।


प्रतिक्रिया दिनुहोस्