क्वारेन्टाइनमा मापदण्ड उल्लंघन गर्ने ताप्लेजुङमा तीन र दैलेखमा २१ जना घर पठाइयो « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

क्वारेन्टाइनमा मापदण्ड उल्लंघन गर्ने ताप्लेजुङमा तीन र दैलेखमा २१ जना घर पठाइयो



काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि देशका विभिन्न स्थानमा क्वारेन्टाईन तथा आईसोलेशन स्थापना गरेको छ । सरकारले जनताको स्वास्थ्यमा हुनसक्ने खतरालाई मध्यनजर राख्दै विभिन्न कार्य गरिरहेको छ । आफ्नो स्वास्थ्यको समेत वास्ता नगरेर दिनरात सेना प्रहरी, चिकीत्सक लगायत कर्मचारी खटिरहेका छन । कोरोना भाईरसको चेकजाँच गर्नको लागि सकारले गरेको यो प्रयासमा जनताले पनि सहयोग गर्नुपर्दछ । यदि एउटा ब्यक्तिमा यो रोग देखिएमा उसैमा मात्र सिमित रहँदैन । उसले आफूनजिक रहेका सम्पूर्णमा फैलाउन सक्छ ।

यो रोग लागेर मृत्यु भएमा लास जलाउने मानिस पनि नपाउन सकिन्छ । त्यसैले यो रोग लाग्न दिनुहुन्न । यसको लागि सरकारले गरेको काममा बाधा पुर्याउनु हुँदैन । यो रोग नेपालहरुमा हालसम्म देखिएको छैन । विदेशबाट आएका ६ जनाले विदेशबाट नै यो रोग ल्याएर संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन । विदेशीहरुलाई कडा निगरानमिा राखेर सरकारले उपचार तथा नियन्त्रण गरिरहेको छ ।

उपचार तथा जाँचपड्तालमा खटिएका कर्मचारीहरु माथि कोहि ब्यक्ति लठ्ठी हान्ने, कोहि ब्यक्तिले उपचारमा सहजता कायम नगर्ने जस्ता अचम्मीत कार्य गरिरहेका छन ।

बैतडीको पुर्चौडी नगरपालिमा केहि दिन अघि चिकित्सक र प्रहरमिाथी नै प्रहार भयो । विदेशबाट आएका ब्यक्तिहरु क्वारेन्टाईनमा बस्न नमान्ने जस्ता कार्यले नेपाल खतरामा छ । त्यस्तै क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड बनाएको छ । सेल्फ क्वारेन्टाईनमा बस्न समेत आग्रह गरेको छ । तर ताप्लेजुङमा क्वारेन्टाईनमा विपरित कार्य गर्ने तीन जनालाई नौ दिनमै घर पठाइएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो ।

सदरमुकामस्थित क्वारेन्टाईनमा राखिएका उनीहरुमा कोरोनाको कुनै लक्षणहरु नदेखिएपछि घरैमा सुरक्षित बस्न अनुरोध सहित पठाईएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उता दैलेखको एक स्थानीय तहले पनि क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घरमा पठाइदिएको छ ।

महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घर पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।

महाबगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्