ग्यास वितरण प्रभावकारी, मन्त्री भट्टले निगमको प्रसंसा गरे « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

ग्यास वितरण प्रभावकारी, मन्त्री भट्टले निगमको प्रसंसा गरे



काठमाडौं । सरकारले लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । नेपालमा प्रयाप्त मात्रामा खाद्यान्न लगायत ग्यासको संचय रहेकाले कुनैपनि किसिमको अभाव नहने बताएको छ । त्यस्तै खाना पकाउने ग्यास वितरण र व्यवस्थापनमा नेपाल आयल निगमले प्रभावकारी काम गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए । निगमले सञ्चालन गरेको घुम्ती सेवाको अनुगमन गर्दै उनले यस्तो बताएका हुन ।

निगमको घुम्ती सेवाको टेकुस्थित कार्यालयको शनिबार अनुगमन गरेका हुन । उनले निगमले संकटको वेलामा समेत कुनैपनि किसिमको अभाव हुन नदिएपछि प्रसंसा गरे ।

बन्दाबन्दीको समयमा सबैले ग्यास पाउन नसकेको गुनासो बढेपछि निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवामार्फत घरमै ग्यास पु¥याउँदै आएको छ । हालसम्म निगमले घुम्ती सेवामार्फत नौ सय भन्दा बढि ग्यास वितरण गरिरहेको जानकार िदिएको छ ।

ग्यास अभाव हुनेले फोन सम्पर्क गरेपछि ढुवानीको खर्च नलिई निगमले तोकेको मूल्यमा ग्यास सोही ठाउँमा पुर्याउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले १२ वटा वर्गहरुमा अशक्त, वृद्धाश्रम, अस्पताल, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने सङ्घसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारेन्टाइनहरू, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरिएको छ ।
सम्पर्कका लागि निगमले विभन्नि नम्बर सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष नम्बर ११४६ वा ०१—४२६२६००, ०१—४२६३४८५ वा मोबाइल नम्बर ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ मा सम्पर्क गरी ग्यास अडर गर्न सकिने जनाइएको छ । अर्डर गरेको केही छिनमै निगमले ग्यास उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्