नेपालीलाई वनमान्छे देख्नेलाई कोरोना भेटिएकाले सङ्घसंस्थाले बाँड्ने राहत नलिन अध्यक्षको आग्रह « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

नेपालीलाई वनमान्छे देख्नेलाई कोरोना भेटिएकाले सङ्घसंस्थाले बाँड्ने राहत नलिन अध्यक्षको आग्रह



काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न गाउँमा खाद्यन्न लगायतका बस्तुहको अभाव हुन थालेको छ । तर मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहत नलिन स्थानियलाई आग्रह गरेका छन ।

अहिले सस्तो लोकप्रीयताका लागि सहयोग गर्ने होडबाजि चलिरहेको छ । अध्यक्ष मोक्तानले सामाजिक सञ्जाल फेसबुक मार्फत खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन् ।

उनले भनेका छन “कसको घरमा चुलो बल्न बन्द हुन लाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ” । गाउँमा परम्परागत खानका परिकार खाएर समेत जीवन निर्वाह गर्न सकिने उनले बताए ।

मोक्तानले “गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फुल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाई हामी नै हौँ ।”


प्रतिक्रिया दिनुहोस्