२४ जना सम्भावित संक्रमीत रहेको मन्त्रालयको भनाई « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

२४ जना सम्भावित संक्रमीत रहेको मन्त्रालयको भनाई



काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको मोवाईल एप्स र वेभसाईटमा ईण्ट्री गराएकाहरुमध्ये रेडजोनमा २४ जना रहेको मन्त्रालयले जनाएको छ । आईतवार १८ सयभन्दाबढिले ईण्ट्री गराएका थिए जसमा २४ जनालाई चाँहि संक्रमण हुन सक्ने मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित १० लाख ५७ हजार रहेका छन् भने निको भएर घर फर्किएका २ लाख ४६ हजार १७४ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार २०६ रहेको छ ।

नेपालमा पनि यो रोगको संक्रमण दर उच्च रहेको छ । उपत्यका बाहिर सात ठाउँमा कोरोना उपचार केन्द्रबाट परिक्षण भईरहेको छ । नेपालमा हालसम्म १ हजार ५२९ परिक्षण गरिएको छ । आईतवार आईसोलेशनमा काठमाडौं उपत्यकामा १२ वटा र उपत्यका बाहिर १ सय १ गरि १ सय १३ जना रहेका छन ।

सरकारले सञ्चालनमा ल्याएको कल सेण्टर १११५ र ११३३ मा २४ घण्टामा २७ सय ६६ कल आएको स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसैगरि मोवाईल एप्स र कोभिड १९ को वेभसाईटमा आईतवार १ हजार ८ सय १२ रहेका छन भने जम्मा ८ हजार ९७ जनाले इण्ट्री गरेको छ । आईतवार ईण्ट्री भएकाहरुमा २४ जना रेड जोनमा परेका छन । आजसम्मको जम्मा १ सय ५० पुगेको प्रवक्ता देवकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्