देशैभरि ५० हजार स्वयंसेवक परिचालन गर्ने सरकारको निर्णय « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

देशैभरि ५० हजार स्वयंसेवक परिचालन गर्ने सरकारको निर्णय



काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आईतवार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारले निर्णय गरेको हो । खटाईने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था समेत गरिने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय पनि थप प्रष्ट बनाइने बिडारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्