भावी गभर्नरमा तीनजना सिफारिस, को बन्ला भावी गभर्नर « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

भावी गभर्नरमा तीनजना सिफारिस, को बन्ला भावी गभर्नर



काठमाडौं । लामो समयको रस्साकस्सी पछि राष्ट्र बैंकको गर्भनर नियुक्ती गरिने भएको छ । कोरोना भाईरसका कारण लकडाउन जारी गरेपछि गभर्नर नियुक्तीमा ढिलाई भएको थियो । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

अव बन्ने गभर्नरमा धेरै ब्यक्तिहरुको नाम र्चामा आएपनि समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाललाई आगामी बन्ने गर्भनरमा सिफारिस गरेको छ ।

आज २ बजे बस्ने मन्त्री परिषदको बैठकले रागट्र बैंकको गभर्नर पनि नियुक्त गर्ने सम्भावना रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखिएको छन् ।


प्रतिक्रिया दिनुहोस्