सम्भाबित जोखिम भएको स्थानबाट आएपछि काठमाडौं कोरोनाको उच्च जोखिममा « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

सम्भाबित जोखिम भएको स्थानबाट आएपछि काठमाडौं कोरोनाको उच्च जोखिममा



काठमाडौं कोरोनाको उच्च जोखिममा, सम्भाबित जोखिम भएको स्थानबाट

काठमाडौं । सम्भाबित जोखिम भएको स्थानबाट मानिस र सवारी साधन काठमाडौं भित्रीरहेका वृला काठमाडौं कोरोनम संक्रमणको उच्च जोखीममा रहेको छ । विराटनगरमा अलपत्र परेका सात वटा बसमा काठमाडौं आएका छन् । हाल उक्त बसलाई नागढुंगा नाकामा रोकेर राखिएको छ ।

नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताएका छन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्