सुलभ अग्रवालमाथि चारवटा मुद्दा लगाइँदै, यस्ता छन् मुद्दाहरु « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

सुलभ अग्रवालमाथि चारवटा मुद्दा लगाइँदै, यस्ता छन् मुद्दाहरु



काठमाडौं । महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालाबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कालोबजारी, नाफाखोरी, दामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरेको हो ।

यी सबै मुद्दामा साढे ४ वर्ष जेल सजाय हुन सक्छ । प्रहरीले उनको साथबाट बरामत भएको सामग्री जफत गरी १५ लाख ७८ हजार ९१४ रुपैयाँ जरिवानाका लागि सिफारिस गरेको छ । उनी लकडाउनको समयमा ३ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै पक्राउ परेका थिए । उनी कीर्गिस्तानका अवैधानिक दूत समेत थिए ।


प्रतिक्रिया दिनुहोस्