लघुवित्तको पक्षमा नेपालको पुर्वबाट उठ्यो महिलाहरुको आन्दोलन « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

लघुवित्तको पक्षमा नेपालको पुर्वबाट उठ्यो महिलाहरुको आन्दोलन



विराटनगर । लघुवित्त कम्पनीहरुले मानिसहरुलाई डुबाएको भन्दै केही समयअघिदेखि भएको देशभर आन्दोलन यतिबेला मथ्थर भइसकेको बेला देशको पुर्वी क्षेत्र विराटनगरका महिनाहरुले भने लघुवित्तहरुको पक्षमा आन्दोलन थालेका छन् । लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले आज दिउँसो विराटनगरमा प्रदर्शन गरेका छन् ।

विवादस्पद व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था बहिष्कार अभियान सञ्चालन गरेपछि महिलाहरुले लघुवित्त संरक्षणको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै नाराबाजी गरेका हुन् ।

वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको माग गरेका हुन् ।

प्रदर्शनमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट आएका लघुवित्त वित्तीय संस्थाहरुमा आम्बद्ध महिलाहरु सहभागी थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्