काठमाडौं । सरकारले डिजिटल वित्तीय कारोबारलाई सुरक्षित, छरितो र पारदर्शी बनाउन भुक्तानी तथा फर्स्यौट ऐन–२०७५ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयले ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) ऐन, २०८२’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मन्त्रालयले मस्यौदा तयार गरि सुझावका लागि सार्वजनिक आह्वान गरेको