४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

आर्थिक वर्षको सुरुवातमै सार्वजनिक ऋणको भार, एकै महिनामा थपियो १४ अर्ब बढी

काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै १४ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको साउन मसान्तसम्मको विवरण अनुसार, आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो। साउन मसान्तसम्ममा यो ऋण १४ अर्ब २ करोडले बढेर कुल