काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा तीनै तहका सरकार तथा सार्वजनिक सस्थानहरुमा साढे ९१ अर्ब रुपैयाँ बराबरको बेरुजू देखिएको छ । बुधवार महालेखा परीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको ६२औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन महालेखा परीक्षक तायम रायाले शितलनिवासमा राष्ट्रपति पौडेललाई बुझाएका छन् ।