काठमाडौँ। बिहिबार राति ९ बजेदेखि सामाजिक सञ्जालमा व्यापक हल्ला फिजियो- ‘नेपाली सेनाले राजतन्त्र पुनर्बहाली गराउने कोसिस थाल्यो।’ त्यसको केही बेर अघिसम्म सेनाले आफैं केही समयका लागि राज्य सत्ता नियन्त्रणमा लिन सक्ने संकेतहरूबारे विचार मन्थन भएका थिए । एकाएक राजतन्त्र पुनःस्थापनाको विषय उठेपछि सामाजिक सञ्जाल तात्तियो। कतिपय सञ्चार संस्थाहरुले ‘प्रतिगमन रोक्नुपर्ने’