काठमाडौँ । वित्तीय संस्थाहरुको सुपरिवेक्षणमा असाध्यै धेरै समस्या देखिएका बेला केही बीमा कम्पनीका प्रमुखहरुले नियामक निकायहरुको ‘मर्जर’ हुनुपर्ने तर्क अघि सारेका छन् । ‘सुपर रेगुलेटर’ अर्थात् नियामक निकायहरुलाई समेत नेतृत्व गर्ने गरी एउटा छाता संस्था बनाउनु पर्ने बहस फाट्टफुट्ट चल्न थालेको डेढ दशकपछि केही बीमा कम्पनीले यस्तो अवधारणालाई सम्झाएका छन्