शीर्ष १० मुलुकसँगको व्यापार ९२% पुगेको अवस्थामा नेपालले आपूर्ति शृंखला जोखिम र बजार निर्भरता दुवैसँग जुध्नुपर्ने अवस्था देखिन्छ। दश वर्षमा व्यापार सघनता बढ्दै जाँदा निर्यात बजार संकुचित र आयात निर्भरता गहिरिँदै गएको तथ्यांकले देखाउँछ। काठमाडौँ । नेपालको वैदेशिक व्यापारको पछिल्लो तस्वीर हेर्दा अर्थतन्त्रको संरचनात्मक निर्भरता झन् गहिरिँदै गएको स्पष्ट देखिन्छ।