२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

कल्पनाको दुनियाँमा पुर्‍याउने ‘नाडा अटो शो’ : गाडी हेर्न गएका, भविष्य देखेर फर्किए

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप अहिले सधैंको जस्तो छैन । यहाँ गाडी मात्र छैनन्, प्रविधिको नयापन, सवारीको नयाँ सोच र यात्राको कल्पना सबै एउटै ठाउँमा मिसिएको छ । जहाँ भविष्य देखिन्छ । ‘नाडा अटो शो–२०२५’ सुरु भएसँगै यो ठाउँ एक साधारण प्रदर्शनी मात्र नभई अनुभवको संसार बनेको छ । चम्किला कारहरू,