काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्षको कार्यकालबारे पुनः एक पटक अर्थमन्त्रालयमा बहस छेडिएको छ । अर्थ मन्त्रालयका एक अधिकारीले प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालसँग ‘राजिनामा माग’ गरेका छन् । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसालले यसै साताको सुरुमा अध्यक्ष सिलवालसँग राजिनामा दिएर ‘मार्ग प्रसस्त गर्न’ भनेका