काठमाडौँ। आज मङ्गलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा केही बेरमै एक्सपोको औपचारिक उद्घाटन हुने भएको छ। आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। साउन ३१ गतेसम्म कुल ६ दिन सञ्चालन हुने यस मेलालाई देशकै अहिलेसम्मकै ठूलो