काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन सहयोग संस्था जीआईजेडबीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धनका लागि सम्झौता भएको छ। सम्झौतामा जीआईजेड–सेट फोर एनपीएलका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग