काठमाडौं । नबिल बैंकले इतिहासकै न्युन लाभांश घोषणा गरेको छ । बुधवार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकको २१ वर्षको लाभांश इतिहासकै कम हो । यसअघि अर्थात् अघिल्लो आव २०७९–८० को मुनाफाबाट गत वर्ष पनि