काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरु मान बहादुर फागुनको नाममा रहेको ५० हजार ९३७ र दयाराम भट्टराईको नाममा रहेको ९७ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।