काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले गत आवको मुनाफाबाट ६।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो