शुलोचना सापकोटा काठमाडौं । बैंकहरुले दशैं बिदामा खुला हुने शाखा तथा काउन्टरहरुको समय तालिका धमाधम प्रकाशित गरेका छन् । दशैं बिदामा वाणिज्य बैंकहरु विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएका छन् । बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुला गर्ने भएका हुन् ।