कामठाडौं । ललितपुर कुमारीपाटी स्थित सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष (आव) ०७९/८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो