काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैङ्कहरूको खुद नाफा पनि दोहोरो अङ्कको गिरावट आएको छ । बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार चालु आवको ६ महिनामा बैङ्कहरूले २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।