काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखाले धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छात्रावासमा सहयोग गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उपमहानगरपालिका २ तारानगरस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासलाई सामग्री हस्तान्तरण गरेको जनाएको छ।