काठमाडौं । मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।