काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८.६४ प्रतिशत बढेर १७ करोड ४९ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको