काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहमार्फत